काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताउनुभएको छ । बिहीबार प्रदेश सभा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले यस्तो बताउनुभएको हो । नेता थापाले अल्पमत, बहुमत हुनु स्वभाविक भएको बताउँदै संसारको मूल्य मान्यताअनुसार बहुमतले शासन गर्ने र अल्पमतले प्रतिपक्षमा बस्ने भएको बतउनुभयो । उहाँले अल्पमत भयो…