जितेन्द्र भण्डारी पाँचथर । पाँचथरको फिदिमबाट अवैध लागू औषध खरिद विक्री कारोबारमा संलग्न ३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुम्मायक-४ रानीगाउँका २७ वर्षीय रविन लिम्बु, मिक्लाजुङ गाउँपालिका-१ सराङडाँडा निवासी ३२ वर्षिय सुमन राई र फिदिम नगरपालिका-४ बस्ने २७ वर्षीय वसन्त लक्सम रहेका हुन् । फिदिम-४ नुमा मार्गमा रहेको बसन्त लक्समको घरबाट…