काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनाको सम्बन्धमा केही समय यता अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बुधबार एक विज्ञप्ति जारी गर्दै योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु…