रमेश धमला काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ भएको सहमति अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राति ९ बजे अन्तरिम सरकारकाे प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराइने भएको छ। नेपालकाे इतिहासमा पूर्वप्रधानन्यायाधीश कार्की प्रथम महिला प्रधानमन्त्री बन्न सफल हुनुभएकाे हाे । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले कार्कीको नियुक्ति र शपथग्रहण लगत्तै मन्त्रिपरिषदको पहिलो बैठक…