काठमाडौं । नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले सांसदहरुले संसदमा स्थानीय तहका अधिकार कटौति गरेको बारेमा आवाज उठाउन नसकेको बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेट स्थानीय तहहरुमा कसरी विनियोजन गर्ने भन्नेमा सांसदहरुले साथ दिन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ढुंगानाले स्थानीय तहका…