Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


मेयर सुब्बाको अन्त्येष्टि

सुनसरी, साउन ५ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको शनिबार अन्त्येष्टि गरिएको छ । साउन १ गते निधन भएका सुब्बाको धरानमा लिम्बू संस्कारअनुसार दाहसंस्कार गरिएको हो । परिवारका सदस्य विदेशमा रहेका कारण दाहसंस्कारमा ढिलाइ भएको थियो । दुई साताभन्दा लामो समयदेखि छातीको संक्रमणबाट पीडित ५२ वर्षीय सुब्बाको उपचारकाक्रममा काठमाडौंस्थित ग्रान्डी अस्पतालमा निधन भएको थियो ।…