Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा प्रतिवद्ध: मन्त्री सिन्हा

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरु कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ। सिंहदरबारमा आइतबार ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री सिन्हाले संघ, प्रदेश र स्थानीय तह र सरोकारवालाहरुले मानव अधिकार संरक्षण- संवद्र्धनमा अतुलनीय योगदान दिएको उल्लेख…