Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


सक्रिय राजनीतिबाट बिदा लिएको एमालेका नेता रानाकाे घोषणा


3.3k
Shares

काठमाडौं। नेकपा एमालेका पोलिटब्यूरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएकाे छ।

एमालेकाे ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा भइरहेकाे समयमा उहाँले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्नुभएकाे हाे। पारिवारिक कारणले राजनीतिबाट बिदा लिएको फेसबुक मार्फत जानकारी गराउनुभएकाे छ। उहाँले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने समेत बताउनुभएकाे हाे।

राना २०३५ र २०३६ सालदेखि कम्युनिस्ट पार्टीको शुभचिन्तक हुँदै तत्कालीन नेकपा मालेको सम्पर्कमा आउनुभएकाे थियाे। त्यसपछि युथ कम्युनिस्ट लिगमा संगठित भएर काम गर्न थाल्नुभएकाे हाे। राना २०७० सालमा छोटो समयका लागि भूमि सुधार तथा व्यवस्था मन्त्री समेत बन्नुभएकाे थियाे।