दमौली, कात्तिक १६ । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्नेक्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले रु ३० लाख बजेट विनियोजन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राससलाई जानकारी दिए । मन्त्री गुरुङकाअनुसार आवश्यक परे थप बजेट…