बुटवल, माघ ५ । प्रदेश ५ प्रदेशसभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु भएको छ । सांसदलाई बिजनेश दिन नसक्दा लामो समयदेखि सुरु हुन नसकेको अधिवेशन चार महिनापछि सुरु भएको हो । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबारका लागि अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेशसभाको चौथौं अधिवेशनसम्म ४९ वटा विधेयक पारित भएका थिए ।…