काठमाडौं, कात्तिक ४ । केन्द्रीय सरकार कोरोनाभाइरस महामारीबाट आमनागरिकलाई बचाउने दायित्वबाट पछि हटेपनि प्रदेश सरकारहरु भने अहिलेसम्म आफ्नो जिम्मेवारीबाट पन्छिएका छैनन् । केन्द्रीय सरकारले आइतबारदेखि संक्रमित आफैंले 'पीसीआर' परीक्षणदेखि उपचार खर्च व्यहोर्नुपर्ने निर्णय गरेको थियो । तर, प्रदेश सरकारहरुले भने केन्द्रीय सरकारको गैरजिम्मेवार निर्णयलाई बेवास्ता गर्दै कोरोना संक्रमितको परीक्षणदेखि उपचार खर्च निःशुल्क गरिरहेका छन् ।…