काठमाडौं, जेठ २३ । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ । जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवसहित बसेको बैठकले संसदीय दलको बहुमत सांसदको हस्ताक्षरसहित राउतलाई चयन गरेको हो । तत्कालीन समाजवादी पार्टीका ३० जना र तत्कालीन राजपाबाट ६ जना प्रदेश सभा सदस्य गरी ३६ जनाले निर्णयमा…