६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


प्रदेश २ मा एमालेका १० सांसद एकीकृत समाजवादी पार्टीमा


0
Shares

काठमाडौं, भदौ १७ । नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोसहितका १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

प्रदेश निर्वाचन कार्यालय जनकपुरमा पुगेर उनीहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

दिल्लीप्रसाद उप्रेतीले भारतको दिल्ली रहेकाले त्यतैबाट सनाखत गर्ने बताइएको छ ।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । माधव नेपाल पक्षका भनिएका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले भोलीसम्म सनाखत गर्ने बताइएको छ ।

प्रदेश २ मा सुरुदेखि नै १३ सांसद माधव पक्षमा रहँदै आएका थिए ।