जनकपुर । प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले कांग्रेस महाधिवेशनमा प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले प्रदेश सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो । मन्त्री यादवले आफू पार्टीमा विद्यार्थी जीवनबाटै लागेको र १४ वर्ष धनुषा जिल्ला सभापतिको कार्यकाल सम्पन्न गरेको स्मरण गराउँदै प्रदेश सभापतिमा…