काठमाडौं, असोज १५ । जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक प्रतिशोधको आधारमा प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको आरोप लगाएको छ ।‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन अख्तियारले छापामार शैलीमा सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुर्याउने कार्य गरेको भन्दै जसपाले यसलाई आपत्तिजनक र दूराशयपूर्ण भनेको छ…