विपद्का घटनामा परेर मधेश प्रदेशमा ५ सय १ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


विपद्का घटनामा परेर मधेश प्रदेशमा ५ सय १ जनाको मृत्यु


78
Shares

काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५ सय १ जनाको मृत्यु भएको छ ।

२०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशकका विभिन्न जिल्लाहरूमा भएका विपद्का घटनामा १ सय ८२ पुरुष, १ सय ८ महिला र १ सय ४३ बालबालिकाको ज्यान गएको हो ।

सो अवधिमा एक हजार ७ सय १ विपद्का घटना भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

यस्तै प्रदेशमा एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएका छन् ।