काठमाडाैं । सर्लाहीको सिर्सियामा मंगलबार राति दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएकाे जनाएकाे हाे। कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलंवा-नवलपुर सडकखण्डमा मधेस प्रदेश०३-०३३ प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा…