विराटनगर । प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ । ओखलढुंगास्थित चिसंखुगढीमा रहेको नवर्निमित जालपा मावि भवनको उद्घाटन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नयाँ सिकाई अहिलेको आवश्यकता रहेको बताउनुभयो । अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्दै नवीन…