काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले देउखुरीमा स्थायी राजधानी स्थापना गरेरै छाड्ने बताउनुभएको छ । सार्वजनिक लेखा समितिले आयोजना गरेको अन्तक्र्रियामा उहाँले लुम्बिनी प्रदेशको राजधानी प्रदेशसभाबाट नै पारित भइसकेकाले यही सरकारले देउखुरी उपत्यकामा लगेरै स्थापना गर्ने बताउनुभयो । लुम्बिनी प्रदेशमा संविधानले प्रदान गरेको अधिकारअनुसार मन्त्रालयको सङ्ख्या विशेष परिस्थितिमा बढाएको भए पनि आफूले हस्तान्तरण…