हेटौंडा, असोज १४ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । शिक्षा, स्वास्थ्य र अन्य भौतिक विकासबाट पछाडी परेका चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण गरेर १५ शैयाको अस्पताल बनाउने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नं. ५ चैनपुरमा मंगलबार चौकीको जगको पूजा गरी निर्माण…