काठमाडौं । बागमती प्रदेशसभाको बैठकले पाँचवटा अध्यादेशलाई स्वीकृत गरेको छ । बुधबार बसेको प्रदेश सभाको बैठकले ‘प्रदेश निजामती सेवा सम्बन्धी अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धी अध्यादेश’ लगाएतलाई स्वीकृत गरेको हो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । यस्तै, शून्य समयमा सत्तापक्षका सांसदहरूले…