४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


काठमाडौंमा एमालेसंवद्ध जनवर्गिय संगठनको बिरोध प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) संवद्ध २३ जनवर्गिय संगठनहरू काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सोमवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार पक्षबाट जनघात, रास्ट्रघात भएको भन्दै शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको बताएका छन् । उनीहरुले नागरिकता विधेयक खारेज, बढ्दो महंगी नियन्त्रण भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।