Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


आगजनी, तोड्फोड र लुटपाट गर्ने व्यक्तिमाथि कडा कारबाही गर्न सरकारसँग अध्यक्ष ढकालकाे माग


338
Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोड्फोड लुटपाट गर्ने व्यक्तिमाथि कडा भन्दा कडा कारवाही गर्न माग गर्नुभएको छ।

काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २ दशमलव ० लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो माग गर्नुभएको हो । उहाँले आगजनी, तोड्फोड लुटपाट गर्नेमाथि कडा भन्दा कडा कारवाही नभए दण्डहीनता मौलाउने जिकिर गर्नुभयो । विभिन्न पेशा व्यवसाय गरी खाने वर्गले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चितता गर्न समेत उहाँकाे माग छ। नाफा आर्जन गर्नु नै अपराधको रुपमा चित्रित हुनु दुःखद् भएको उहाँले बताउनुभयो ।

अध्यक्ष ढकालले निजी क्षेत्रले देशमा ठूलो रोजगारी सिर्जना गरेको तर निजी क्षेत्रमाथि नै हमला हुनु दुःखको विषय भएको बताउनुभयो ।