काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । कार्कीले बुधबार प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेश सभाका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार चलाइरहेका कारण मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाउनुभयो । कार्कीको पक्षमा ६६ मत प्राप्त हुँदा विपक्षमा १५ मत…