कैलाली । जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ। लामो समयदेखि रक्त चापले ग्रसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो । रावललाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।