कैलाली, जेठ २१ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष्य केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको छ । उहाँले पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर स्पष्टीकरण सोध्नुभएको हो । एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने निर्णय…