सुदूरपश्चिममा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित « Imagekhabar – Online News Portal of Nepal


सुदूरपश्चिममा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित


1.573k
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन ।

सुदूरपश्चिममा नेकपा एमालेका ७, नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका २, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक-एक जना निर्विरोध भएका हुन् ।

साथै विभिन्न जिल्लामा दलित महिला सदस्यको कोटामा १२ र महिला सदस्यको कोटामा तीन जना निर्विरोध निर्वाचित भएकाे निर्वाचन आयोगले जनाएकाे छ ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार सुदूरपश्चिममा कुनै पनि पदमा पुरुष निर्विरोध निर्वाचित भएका छैनन् ।