कैलाली । सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा थप हुने भएको छ । बुधबार प्रदेशसभा बैठकबाट ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’ बहुमतले पारित भएसँगै उनीहरूको पारिश्रमिक र सेवासुविधा थप गर्ने बाटो खुलेको हो । सभामुख अर्जुनबहादुर थापाले विधेयक बहुमतले पारित भएको जानकारी…