कैलाली–४ मा गठबन्धनको क्लिन स्वीप « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


कैलाली–४ मा गठबन्धनको क्लिन स्वीप


1.209k
Shares

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका वीरबहादुर बलायरले नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित हुनुभएको छ । बलायरले २६ हजार १७१ मत पाउनु हुँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाउनु भएको छ ।

यस्तै, प्रदेशसभा (१ं र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका हुन् ।

प्रदेशसभा (१) मा सोडारीले १३ हजार ४ सय ८९ मतसहित प्रतिद्वन्द्वी नेकपा एमालेका भीम देउवालाई पराजित गर्नु भएको हो देउवाले ९ हजार ४ सय २३ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर ४ हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार ५७४ मत खसेको थियो ।

यस्तै, प्रदेशसभा (२) मा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई ५ सय १६ मतले पछि पार्दै विजयी हुनुभएको हो । बमले १२ हजार ४७३ मत प्राप्त गर्नुभयो भने साउदले ११ हजार ९ सय ५८ मत पाउनुभयो ।