डडेल्धुरा । सुदूरपश्चिमको एकताको प्रतिकको रुपमा रहेकोे सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व नजिकिदै गर्दा डडेल्धुरामा पनि चहलपहल शुरु भएको छ । सुदूरपश्चिमका जनता र विशेष गरि महिलाहरुका लागि जीवनशैलीसंग गांसिएको नारीहरुको महत्वपूर्ण महानचाड गौरापर्वमा भगवान शिबलाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि भाद्र शुक्ल पंचमी देखि एक हप्ता सम्म भव्यताकासाथ मनाइने…