ताप्लेजुङ । सिरीजंघा गाउँपालिकाले प्रत्येक वर्ष एक जना विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाको ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियानलाई निरन्तरता दिँदै एमबीबीएस अध्ययनका लागि वार्षिक १३ लाख रुपैयाँ छात्रवृत्ति दिने नीति लिएको हो । गरिब जनताका छोराछोरी पनि डाक्टर बनुन् भनेर निःशुल्क एमबीबीएस अध्ययनको योजना बनाएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले…