म्याग्दी । धौलागिरि र निलगिरि हिमालको प्रतिबिम्व देखिने म्याग्दीको बराहा ताल मानवीय अतिक्रमण र सडक निर्माणका कारण जोखिममा परेको छ । म्याग्दीको मालिका गाउँपालिका– १ मा पर्नेे यो ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण हुनुका साथै जैविक विविधता र सिमसारले समेत महत्वपूर्ण रहेको छ । यस तालका बारेमा प्रशस्तै मिथक र किंवदन्ती रहेका छन् । समुद्री सतहदेखि…