काठमाडाैं । तनहुँ कारागारमा अझै १ सय ४० जना कैदबन्दी फरार रहेका छन्।
फरार हुँदा स्थानीय समुदायमा ठूलो भय र असुरक्षा फैलिएको हाे। चोरी, लुटपाट तथा हिंसाको त्रास फैलिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले हालसम्म १ सय ८७ कैदीबन्दी नियन्त्रणमा लिइसकिएको भए पनि बाँकी फरार कैदीबन्दीले समाजमा असुरक्षा बढाएकाे जनाएकाे हाे। कारागारमा रहेका ३ सय २७ मध्ये हालसम्म १ सय ८७ कैदीबन्दीलाई मात्र नियन्त्रणमा लिन सकिएको र बाँकी फरार रहेकाे प्रहरीले बताएकाे छ।
कार्यालयले फरार कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन समेत पटक- पटक आग्रह गरेको छ। जेनजी युवाकाे आन्दोलनका क्रममा गत भदौ २४ गते साँझ कारागारबाट भागेका वा भगाइएका कैदीबन्दीलाई यहि असोज २० गते सोमबारसम्म जिल्ला कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सूचना समेत जारी गरिएको कारागार प्रशासले जनाउकाे हाे।










प्रतिक्रिया दिनुहोस्