Logo २१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026


गण्डकीका मुख्यमन्त्री पाण्डेको निवासमा आगजनी गरेको आरोपमा एक जना पक्राउ


1.8k
Shares

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा यहि असोज १२ गते राति आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आगजनीपछि फरार भएको सूचनाका आधारमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ घर भई हाल पोखरा-७ राष्ट्र बैंक चोक बस्ने २२ वर्षीय संयोग थापालाई नियन्त्रणमा लिएकाे हाे । थापालाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ।

अनुसन्धानका क्रममा निजले नेपाल राष्ट्र बैंकको पर्खाल छेउमा रहेको एनआईएमबी बैंकको ‘एटिएम मेसिन’को ‘स्क्रिन’मा ढुंगा प्रहार गरी तोड्फोड गरेको प्रहरीले बताएको हाे ।