Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसकाे परिपत्र

काठमाडाैं। नेपाली कांग्रेसले आगामी माघमा हुने राष्ट्रिय र फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका उम्मेदवारको टिकट एकै पटक वितरण गर्ने उल्लेख गरेकाे हाे। त्यसैगरी परिपत्रमा उम्मेदवारका लागि १० वटा मापदण्ड समेत तोकिएको छ।…