Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


योमरी पुन्हिलाई संस्कारका रूपमा अघि बढाउनुपर्नेमा उपप्रमुख डंगोलकाे जाेड


130
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हिलाई संस्कारका रुपमा मनाउनुपर्ने बताउनुभएको छ।

काठमाडौंमा बिहीबार २२ औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गर्नुभयाे। याेमरी पुन्हि एउटा पर्व मात्र नभइ संस्कार भएको उहाँले जिकिर गर्नुभएकाे छ।

उहाँले आजको दिनलाई विभिन्न जात्रा, पर्व र परम्परा मात्रै नभइ अस्तित्वको रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो । आजको दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ धान घरमा भित्र्याउने र नयाँ धानबाट बनाइएको योमरी देवी अन्नपूर्णलाई अर्पण गर्ने परम्परा रहेको छ।

उपप्रमुख डंगोलले नेपालीको नाम विश्वव्यापी रुपमा गर्व गर्न लायक बनाउनुपर्ने बताउनुभयो।