Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


वरिष्ठ उपाध्यक्ष पोखरेलसहितका नेताले अध्यक्ष ओलीलाई गुण्डुमा पुगेर भेटे


6.1k
Shares

काठमाडौं । पार्टीकाे ११ औं महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएकाे छ।

अध्यक्ष ओलीकाे निवास भक्तपुरकाे गुण्डु पुगेर पोखरेलसहित आफ्नाे पक्षमा खुलेका पदाधिकारीहरूले उहाँसँग भेटवार्ता गरेका हुन् । ओलीलाई भेट्न पोखरेलसहित अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई गुण्डुमा पुगेका थिए ।

महाधिवेशन प्रतिनिधि चयनको विषयमा विवाद भएका जिल्लाहरूको बारेमा छलफल गर्न लागि पोखरेलको टोली गुण्डु गएको वार्तामा सहभागी एक नेताले बताएका छन् ।