सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको सुरुङ् निर्माणको काम आधा सकिएको छ । सुनकोशी मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर लामो सुरुङमध्ये ६ दशमलव ६ किलोमिटर सुरुङको निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ । यहाँ टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न थालेको ८ महिनाको अवधिमा विभिन्न अवरोधकाबीच…