११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


समाजमा बढेको नकारात्मकतालाई सञ्चार माध्यमबाट अन्त्य गर्नुपर्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । आइतबार गोरखापत्र संस्थानको १२३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्दै सकारात्मकततर्फ लैजान सञ्चार माध्यमहरुको भूमिका आवश्यक रहेको बताउनुभयो…