भक्तपुर ।
मुनि विहार भक्तपुरमा सामुहिक कथिन चीवरदान महोत्सव सम्पन्न भएको छ ।
तीन महिनासम्म वर्षाबास बस्नुभएका श्रद्धेय भिक्षु छन्दधम्मो स्थविर, भिक्षु क्षान्तिशोभन स्थविर, भिक्षु उदयसेन, भिक्षु आदिच्च, भिक्षु अभिधम्माचारोहरूको लागि चीवरदान महोत्सव आयोजना गरिएको हो ।

विनयपूर्वक सम्पन्न गर्नुभएको वर्षावासको सुखद उपलक्ष्यमा थाईल्याण्ड र नेपाली उपासक-उपासिकाहरुबाट सामुहिक कथिन चिवर दान दिएका हुन् ।

शिवराम ख्याजुको निवास जगातीबाट बुद्धमूर्तिसहित सुरु भएको कथिन शोभायात्रा च्याम्हासिंह, दरबार क्षेत्र, खौमा, साकोठा, सुकुलढोका, गोल्मढी, ईनाचो हुँदै मुनि विहार पुगेर सम्पन्न भएको थियो ।

समारोहमा मुनि विहार भक्तपुरमा भिक्षु भएर विद्यावारिधि अध्ययन पूरा गरेका निरज महर्जन लगायत दुईजना भिक्षुहरूलाई सम्मान गरिएको थियोे ।

थाईल्याण्डका दाताबाट सहयोग प्राप्त ११ बुद्धमूर्ति नेपालका विभिन्न ठाउँ मध्ये स्याङ्जा, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर र ललितपुरमा निर्र्माण गरिएका विहारहरूको लागि प्रदान गरिएको थियो ।

समारोहलाई भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले स्वागत गर्नुभएको थियो । मुनि विहार प्रमुख भिक्षु विपस्सी धम्मारामो महास्थविरले थाईदाताबाट नेपालका लागि बुद्धमूर्ति निर्माणका लागि साँचो प्राप्त गरि नेपालका विभित्र स्थानका लागि बुद्धमुर्ति बनाई योजना रहेको बताउनुभयो ।

भिक्षु आनन्दले कथिन उत्सवको महत्व विषयमा प्रवचन दिनुभएको थियो । समारोह पञ्चशील प्रार्थनाबाट शुरू गरेर पुण्यानुमोदन गरि सम्पन्न गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्