काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो । प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको छ ।…