Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


पेट्रोल छर्केर बुहारीलाई जिउँदै जलाउने सासु र नन्द पक्राउ


962
Shares

सिन्धुली

पेट्रोल छर्केर बुहारीलाई जिउँदै जलाउने २ जना अभियुक्तमाथि सिन्धुली प्रहरीले मुद्दा दायर गरेको छ ।

कमलामाई नगरपालिका–६, धुराबजारमा ३२ वर्षीया शुसिला थिङलाई पेट्रोल र मट्टितेल छर्केर जिउँदै जलाएर हत्या गरेको आरोपमा सासु र नन्दलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

तीन सन्तानकी आमा शुसिलामाथि उनकी सासु र नन्दले पेट्रोल छर्की आगो लगाएर हत्या गरेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

लामो समयदेखि निरन्तर मानसिक यातनाको सिकार बन्दै आएकी शुशिलाको घरेलु हिंसाको कारणले ज्यान लिएको छ।
घटनापछि प्रहरीले शुसिलाको शुशिलाका सासु ६० वर्षिय मायाँरानी बम्जन, नन्द ३५ मिना बम्जनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।