काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताउनुभएको छ । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदुत पण्डितले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।…