काठमाडौं । नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाउनुभएको छ । कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका बिखण्डनकारी गतिविधि गर्न लागेकाहरुलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको उहाँको जिकिर थियो । मंगलबार सचिव भट्टराईले मुलुकमा देखिएको बिखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई…