काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको जानकारी गराउनुभएको हो । प्रधानमन्त्री दाहालले सहकारी नीतिको परिमार्जित मस्यौदा तयार भएको पनि बताउनुभयो । उहाँले सहकारीको अनुगमनका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने र सहकारी बचत तथा…