काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुको संख्या घटाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै मन्त्री श्रेष्ठले बरु त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताउनुभएको हो । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग…