काठमाडाैं। निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिकाे बारेमा जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ। निर्वाचनका गतिविधिकाे बारेमा जानकारी दिन तथा सञ्चारमाध्यमहरुसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रबारदेखि आयोगमै कार्यालय खडा गरी मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो। आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचन सम्बन्धी सूचनाहरु एकीकृत रुपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको…