काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कांग्रेस कुनैपनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्राकशशरण महतले कांग्रेस आतंकवादको विरुद्धमा रहेको बताउनुभएको हो । उहाँले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको…