काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन नगरी नागरिकको सेवाको वृहत दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले आफ्नो जिम्मेवारी हरेक विषम परिस्थितिहरुमा निष्ठापूर्वक वहन गरेको बताउनुभयो । उहाँले…