Logo २२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026


थाइल्याण्डको राजालाई त जनककै सन्तान भन्ने पनि गरिन्छ : सभापति देउवा


7.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशको नाम जनक वा जानकारी राखेको भए उत्तम हुने बताउनुभएको छ ।

जनकपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्व धेरै रहेको बताउनुभयो । उहाँले जनकपुर मैथिली विकसित भाषा बोलिने ठाउँ भएको बताउनुभयो । राजर्षि जनक सानो राजा नरहेको भन्दै जनकको राजधानी कम्बोडियामा समेत रहेको भन्ने गरिएको पनि बताउनुभयो ।

सभापति देउवाले थाइल्याण्डका राजालाई राजा जनककै सन्तान मान्ने गरिएको पनि बताउनुभयो ।